काठमाडौं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ ।
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले गृहमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार काठमाडाैंकाे रत्नपार्कमा विरोध प्रदर्शन गरेको हाे ।
प्रदर्शनमा सहभागी तरुण दलका नेता-कार्यकर्ताले शान्ति सुशासन कायम गर, हत्या हिंसा बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, अपराधीलाई कारबाही गर लगायत नारा लगाएका थिए ।
तरुण दलका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य समेत रहनुभएका यादवमाथि भदाै २० गते रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।
ताप्लेजुङमा कोशी प्रदेशका प्रदेश सभा सदस्य एवं खगेनसिंह हाङ्गामको घरमा घेरा हालिएकाे विषयमा पनि तरुण दलले विराेध गरेकाे थियाे ।
Leave a Reply