विहादी गा.पाले सामाजिक सुरक्षा भत्ता कात्तिक पहिलो साता वडा बाटै वितरण गर्ने

Advertisements

पर्वत – ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने पर्वतकाे विहादी गाउँपालिकाले आउने कात्तिक २ गते देखि ६ गते सम्म पालिका भित्रका वडाबाट भत्ता वितरण गर्ने जनाएको छ ।

बैंक संगको भौतिक दूरी टाढा रहेको र ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिला आवातजावतमा सास्ती खेप्नु परेको देखेपछि पालिका प्रमुख परविन गुरुङले वडाबाट नै वितरण गर्ने एजेण्डा अगाडि सारेका थिए ।

प्रभु बैंक विहादि शाखा संगको समन्वयमा यस अघि पनि पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो।

त्यस्तै गाउँपालिका काे वडा नं १ बाच्छा मा गरिमा बैंक फलेबास शाखासंग समन्वय प्रक्रिया अघि बढेको छ,प्रक्रिया पूरा नभएको कारण ढिलाइ हुन भएको र केही समय लाग्न सक्ने गाउँपालिका ले जनाएको छ।

विहादी गा.पा. वडा नं. छ २०७९/०७/०२ गते
विहादी गा.पा वडा नं. पाँच २०७९/०७/०३ गते
विहादी गा.पा. वडा नं तिन २०७९/०७/०४ गते वडा कार्यालय
विहादी गा.पा. वडा नं. दुई २०७९/०७/०५ गते
विहादी गा.पा चार २०७९/०७/०६ गते कार्यालय समय विहान ८ बजे देखि दिउसो २ प्रभु बैंक, विहादी शाखा


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *