मंसिर को महिना , लगन को महिना, खुब तामझाम का साथ त्यो मन्डप सजाइएको छ, सयौ जन्ती हरु बेहुला पक्ष र बेहुली पक्ष का सबै को भिड, उता पन्चेबाजा मा नाचिरहेका कोहि जन्ती र सालिहरु, बिचमा अग्नि उता पण्डित यता बेहुला र बेहुली , बेहुला उनी थिए र बेहुलि म!!
म निकै सुन्दर तरिकाले सजिएकी थिए , अरु बेला कहिल्यै पनि श्रिङ्गार मन नपर्ने मलाइ त्यस दिन धुम धाम ले सजिन मन लागेको थियो, अरु बेला निधार मा कालो टीका बाहेक अरु लगाएको मन नपराउने उनले पनि मलाइ आज सजिएर मन्डपमा पुग्दा मुसुक्क हासेर मलाइ स्वागत गरेका थिए,
घरी घरी उनले सानो आवाज ले जिस्काउथे
“सानू makeup ले सास फेर्न त मिलेको छ नि?”
म लजाउथे उनले जिस्काउदा साच्ची भन्नू पर्दा म बेहुली थिए हास्न पनि मिल्थेन म त्यसरी हासो लाई control गरेको देख्दा उनले भन्थे ” मलाई थाहा छ के केटि हरु makeup बिग्रीन्छ भनेर दिल खोलेर पनि हास्दैनन,।”
उनले फेरि मेरो मजाक उडाउथे , फेरि केही छिन मा आफ्नो कुहिनाले मलाइ हल्का धक्का दिएर भन्थे “बेहुलिको सुट्केश मा के छ हेर्न आत्तुर त भाछैन नि?”
उनी खुसु खुसु हास्थे म अरुले हासो नदेखुन भनेर फेरि निहुरिएको मौका छोप्दै खिस्स हास्थे
उनले फेरि भन्थे ” त्यही गहना को सेट ल्याइदेको छु के जुन तिमिले पहिला बिहेको कुरा गर्दा मलाइ यस्तै गहना ल्याइदिनु है भनेर फोटो पठाएकी थियौ ”
उनको कुराले म आस्चर्यचकित हुँदै उनलाइ हेर्छु उनी आफ्नो मायालु उहीँ नजरले मलाइ हेर्छन जुन नजरले मलाइ सधै भरी मोहित पारिरह्यो र एउटा अपरिचित बाट परिचित हुँदै आफ्नो हातले मेरो सिउदो रङ्गिन बनाएर आफ्नो जीवन को अर्धाङ्गिनी बन्दै गरेको हेरिरहेको छ।
उता केही जन्ती पक्षका महिला हरु भन्दै छन
” अहो बेहुली त कति राम्री जस्तो आफू छन उस्तै दुलही ल्याएछन त देवर ले आफू जस्तै पढेकी जानेकी , ब्यबहारिक केटि खोजेछन हेरत उस्तै जातकी केटि सङ्ग बिहे गरेछन राम्रै कुलघरानकि केटि ”
यो सब्द ले म झसङ्ग हुन्छु म कल्पना को धरातल बाट झरेर यथार्थ को धरातल मा आइपुग्छु। आसुले परेलिमा बादल लागेको बेला पनि मैले त्यो मण्डप मा स्पष्ट देखिरहेकी थिए उहीँ जन्ति उहि बाजागाजा उहीँ नाचगान उहीँ पण्डित उहीँ बेहुला तर,,,,,,,
बेहुली म थिइन त्यहा त थिइन एउटि अर्कै बेहुली जुन स्थान हामी दुई जनाले कल्पना गरेर सजाएका थियौ ती अर्कै बेहुली त्यही स्थान मा थिइन ! जुन बेहुली म भन्दा धेरै फरक थिइन राम्री , उनको कुल खान दान मा ठिक्क मिल्ने , उनी जस्तै बुद्धिजीवी र पढेलेखेकी , ती महिला हरुले भने जस्तै राम्रो कुलघरान कि ,,,,,,,,,
म भर्खर बेहुली सजाएर बेहुलिको साथमा बाहिर मण्डप मा निस्किएकी थिए जन्ती हेर्न ,अझ जन्ती भन्दा पनि ती म आफैले सजाएर तयार पारेकी सुन्दर बेहुलिको दुलाहा हेर्न!!
उता ढाकाको चोलो दौरा सुर्वाल पल्पाली ढाका टोपी कालो चस्मा उनको दार्ही उस्तै थियो पालेको र कपाल पनि उस्तै थियो पछाडी बानेको ,,,,,
” हजुरले बिहेमा मलाइ लिन आउदा ढाका को कपडा सेट सङ्गै दार्ही पनि नफालि ,कपाल पनि नकाटि आउनु है ” मैले कुनै बेला भनेकी थिए! त्यसरी नै बेहुली लिन आएका थिए उनी मैले भने जस्तै दुलाह बनेर आएका थिए तर अरु कसैलाइ लिन ,,,,
उनको त्यो रुप मा मेरो आखा टक्क अडियो उनको नजर ले मलाइ हेर्न भ्याएन साएद उनको आँखा त उनकी बेहुली तिर अडिक थियो जुन बेहुली लाई मैले उनले भने जस्तै गरेर सजाएकी थिए उनले भने जस्तै हल्का makeup र उस्तै घुम्टो उस्तै सारी ,,,,,।
मैले त उनलाइ हामिले सङ्गै देखेका सपनाको बेहुला लाई हेरेकी थिए तर खोइ उनले बेहुलिलाइ हेर्दा कसलाइ सम्झिए ! उनले बेहुली मा मेरो नजर त देखेनन होला नि कुन्नी?
उनले नदेखुन भनेर म बेहुली बाट टाढिदै मान्छे हरुको पछाडि हटे मेरो त शरीर नै प्यारालाइसिस भएको जस्तो अपाङ्ग भैदियो , म अल्लि पर पुगेर कुर्ची मा थचक्क बसे म चिच्याएर रोउ कि भन्ने लाग्यो। होस गुमाएर पागल जस्तै गएर मण्डप भत्काइदिउ कि जस्तो लाग्यो कुनै बेला मैले उन कै अङ्गालो मा बाधिएर भनेकी थिए ” मलाइ धोका दिएर अर्कै सङ्ग बिहे गर्नु भयो भने म त बिहेमा आएर मण्डप भत्काइदिन्छु नि ख्याल राख्नु”
उनले हास्दै भनेका थिए ” हस त्यति हिम्मत राख्नु त मलाइ यस्तै हिम्मतवाली चाहिन्छ ”
तर आज हेरत तिम्रो लागि सजिएको मण्डप ले मेरो बिबसता देखेर कस्तरि चम्किए झै लागेको छ, उता जन्ती पनि मेरो लाचारता देखेर पेट मिची मिची हासिरहेका छन , उता मेरो उजाडिएको हालत देखेर बाजा बजाउने हरु खुसी हुँदै बजाइरहेका छन र नाच्ने हरु उफ्री उफ्री नाचिरहेका छन। मलाइ नै देखेर मेरो मजाक उडाइरहेका छन । म के गरु? म बिबस छु म लाचार छु।।।।
म उनी भन्दा धेरै फरक थिए उनी जस्ती पढेकी पनि थिइन , उनी भन्दा राम्री पनि थिइन ! उनको जात सङ्ग मिल्ने पनि थिइन ! म उनी जस्ती धनी खानदान कि पनि थिइन यहाँ सम्म कि म सम्बन्ध बिच्छेद भएकी एउटि बच्ची कि आमा पनि थिए!!
तर पनि उनले म सङ्ग प्रेम सम्बन्धमा बस्ने बेला भनेका थिए ” मलाइ तिम्रो पढाइ सङ्ग,रुप सङ्ग , खान्दान सङ्ग जात सङ्ग र तिम्रो अतीत सङ्ग कुनै पनि मतलब छैन सानू!
मैले त तिम्रो मन सङ व्यवहार सङ्ग र तिम्रो लगनशीलता सङ्ग प्रेम गरेको हु , मेरो जिन्दगी हो सानू मलाइ तीमि सङ्ग जोडिनु छ ,
झुटो इज्जतको खोल ओढेर बिबस नारी माथी औला उठाउने ती कुनै पनि ढोङ्गी समाज सङ्ग मतलब छैन ।
म यति बुझ्छु कि मैले कुनै पाप गरेको छैन तिम्रो साचो मन र ब्यबहार सङ्ग प्रेम गरेर ”
उनले यस्तै भनेर मेरो मन जितेका थिए बिस्वास पनि जितेका थिए र मेरो मनमस्तिष्क हुँदै मेरो तन र शरीर समेत छोएका थिए।।।
म सङ्ग जोडिएको मेरो मुटुको टुक्रा जो अर्कैको रगत थियो मेरो सन्तान लाई पनि उनले आफ्नो जस्तै गरेर प्रेम दिएका थिए भनौ या प्रेम देखाएका थिए ,,, औधी प्रेम जुन सन्तान लाई उसको आफ्नो पिता ले समेत प्रेम दिएन त्यो सन्तान लाई उनले आफुलाइ भन्दा पनि बढि प्रेम दिएका थिए, बर्सौ सम्म सम्बन्ध मा बसेका उनी मलाइ प्रेम देखि लिएर भबिस्यका सुन्दर सपना समेत देखाए थिए !
मलाइ आफ्नो जिन्दगी र सन्सार मा लग्ने सपना समाज को त्यो खोक्रो परिबन्ध तोडेर मलाइ साथ दिने सपना र जिन्दगि भरी सङ्गै जीवन बिताउने सपना सबै देखाएका थिए र म सङ्ग रहुन्जेल साथ निभाएको अभिनय पनि गरेका थिए।।
अन्धो हुन्छ प्रेम मलाइ थाहा थियो सुनेकी थिए पढेकी थिए , र मलाइ धेरैले सम्झाएका पनि थिए सुन्दा सुन्दै देख्दा देख्दै पनि म जानी नजानी प्रेम मा अन्धो र बहिरो बनेको थाहा नै पाइन ।
म अरु केटि भन्दा पनि फरक भएर पनि कस्तो मीठो सपना देखेकी रहेछु । प्रेम गर्ने मान्छेको जीवन साथी बन्ने , समाज ले पचाउन नसक्ने सम्बन्ध मा रहेर पनि सुन्दर जीवन बिताउने फेरि एकपटक प्रेम गरेको मान्छे सङ्ग सिउदो भरेर घर मा भित्रीने र सुन्दर घर सन्सार बसाउने!!
बाउ को माया बाट बन्चित सन्तान लाई एउटा पिताको छत्र छायामा रमाउन दिने ,,,
मैले कस्तो अपच्य सपना देखेकी थिए म साच्ची अन्धी बनेर घुम्ने मेचमा बसिरहेकी थिए।।।।
मलाइ सम्झाएका थिए धेरैले बेलैमा ख्याल राखेस है केटा मान्छेको कुनै भर हुदैन त्यसमाथी एकल महिला माथी कुदृश्टी लगाउन र यक्लो पन को फाइदा उठाउन हरेक पुरुष पछि परेका हुन्छन। विभिन्न सपना हरुको प्रलोभन मा पारेर भावना र शरीर लुटेर अघाए पछि फरार हुन्छन एकदिन ।
अरुले यसो भनिरहदा मैले सिर ठाडो पारेर गुरुर देखाउदै भन्थे ” हातका सबै औला बरार नभए जस्तै हरेक पुरुष एउटै हुँदैनन नि”
तर के गरु आज सिर उठाउन नसक्ने गरि मेरो शिर काटेर मलाइ मुर्कुटा बनाएर मजाक को दुनियामा अलपत्र छाडिदिए उनले ।
बर्शौ सम्म सम्बन्ध मा बाधिएर उनको समय आए पछि आज भन्दा 15 दिन अगाडी मलाई आफ्नो परिवार र समाजको दायित्व देखाउदै म बाट अरु सङ्गै बिबाहको अनुमति मागेका थिए।।
आखिर मैले मेरो पुरै मुटु नै दिएर प्रेम गरेको मान्छे थिए उनको खुसिमा नाइ नास्ती गर्न पनि त मेरो प्रेमको नैतिकताले दिएन । मुटु माथी ढुङ्गा राखेर अनुमती दिएकी थिए उनलाइ अरुकै जीवन साथी बन्न ।
मैले बुझेकी थिए राम्रो सङ्ग कि उनले मलाइ प्रयोग मात्र गरेका थिए चाहिने बेला सम्म मेरो भावना को प्रयोग , मेरो बिस्वास को प्रयोग मेरो प्रेमको मेरो सरिरको प्रयोग गरेका थिए ,
हिजो मेरो शरीर छुने बेला मेरो अतीत मेरो जात मेरो हैसियत केही देखेनन उनले ।आज जीवन साथी बनाउने बेला मेरो जात मेरो रुप मेरो अतीत मेरो हैसियत सबै देखे उनले । हिजो मेरो शरीर सम्म पुगेका हात , आज मेरो सिउदो सम्म पुग्न सकेन उनको ।
मैले सबै बुझे कि म उनको लागि use and through मात्र थिए। त्यसैले तिम्रो खुसी नै मेरो खुसी भन्दै आफ्नो अनुहार एकपटक ऐना मा हेरेर आफ्नो चित्त आफै बुझाएकी थिए।
के गरु ऐनाले त चित्र मात्र देखाउछ ! चरित्र हैन
मैले एकपटक फेरि सम्झिए तिम्रो बाहिर देखिने रुप र तिम्रो मनको त्यो कुरुप ।।।।
आँखा बन्द गरेर आफैलाइ देखेकी थिए मेरो असली रुप आज अर्कैको सिउदो रङ्गाउदै गरेको तिमिलाइ देख्दा मैले आफ्नो हैसियत सम्झेकी छु।
सम्झिए कि तिमी त्यो आकास को जुन हौ र म र्यो धर्ती को जुनकीरी हामी मा धेरै फरक छ आकास र जमिनको फरक ,,,,
तिमिलाइ अर्कैको हुने अनुमती दिएपछी म फेरि पुन मेरो कर्मथलोमा फर्किएकी थिए।
आफ्नो कुरुप कर्म र भाग्य लिएर लाखौ को रुप सिङ्गार्ने मेरो काम आज आएर तिम्रै बेहुलिको रुप सिङ्गार्नु पर्दा मलाइ कस्तो भयो होला यो तिमिले अनुमान लगाउन सक्दैनौ धोखेबाज,
हेर त तिम्रो प्रेमको लागि मैले मेरो कुरुप भाग्य को नजरअन्दाज गर्दै तिम्रो बेहुलिलाइ कति राम्रो सङ्ग सिङ्गारेकी छु तिम्रा आँखा उनी बाट हट्ने छैनन याद राख तिम्रो बेहुली को रुप त मैले सिङ्गारेर सुन्दर बनाइदिएकी छु मन सिङ्गार्न मैले सक्दिन र म आशा राख्छु तिम्रो बेहुलिको मन पनि यस्तै सुन्दर होस जुन तिमिले श्रृङ्गार गरे पछि देखेका छौ ।।
हामिले सङ्गै देखेको सपना जस्तै तिमिपनी उस्तै सजिएका छौ र तिम्री बेहुली पनि मान्छे फरक भएता पनि उस्तै छन ब्यबस्थित तिम्रो मन्डप ।।।।। कतै सुहागरातको लागि तिम्रो कोठा हामिले सङ्गै देखेका सपना का जस्तै त सजिएका छैनन??
उफ,,,,,,,!!!!!!
तीम्रो खुसी को लागि हेरन मैले सबथोक त्याग गरेकी हु । तिमिले भने जस्तो बिहेको मन्डप भत्काउन मैले सकिन तिम्रो सुन्दर भबिस्य को लागि प्राथना गर्छन यी हात हरु प्रेम मा म स्वार्थी बन्न सकिन । मलाइ माफ गर म हिम्मतवाली बन्न सकिन तिम्रो विपक्षमा,,, म तिम्रो पक्ष मा हिम्मत वाली बनेर तिमिलाइ सुम्पिदिए अर्कैको हात मा ,,,,,,,
जाउ तिमी अर्कैको बन र जिन्दगी खुसी र सुखिको साथ जिउने गर मेरो तर्फबाट तिमिलाइ दाम्पत्य जिबनको सुभकामना धोकेबाज ।।।।।
Leave a Reply