काठमाडौ ।
लगातार 10 घन्टा को duty पछि म सरासर कोठा तिर लागे ,जापान को कोबे सिटि april 14 को दिन बढ्दो गर्मी कोठामा आएर नुहाइधुवाइ सकेर एकपटक सामाजिक सन्जाल हेर्न मोबाइल हात मा लिएर बेड मा पल्टिए,, सबै भन्दा पहिला हिजो मैले पठाइएको message को reply हेर्न हतार थिए मेरा आखाहरु , नभन्दै reply आएको थियो।
” iam sorry दिदी यो कुरा मैले हजुर लाई बताउन बाध्य भए मन थिएन कि हजुरको प्रस्न को जवाफ हजुर लाई यसरी दिउ,, हजुरको कसैको खोजी र प्रतीक्षा मा हराइरहेका आखालाइ टुटेका सपना बिछ्याइदिउ,, माफ गरिनुस दिदी मैले हजुरको मन को मान्छे लाई यो अबस्था मा भेटेकी हजुर लाई बताउन पनि मलाइ निकै मुस्किल लागेको छ।”
मेरो बैनिको यो घुमाउरो भुमिका बाधिएको कुरा ले मलाइ निकै गम्भीर सोच मा डुबाइदियो।। मोबाईल घोप्टो पारेर आखामा भरिएका आशु जबर्जस्ती आखा मै बिलाउने प्रयास गरे,,, मेरो हात खुट्टा लगलगि काप्न थाल्यो ,,,, मन भुक्क फुलेर बेलुन जस्तै भयो,,,,, लामो सास लिदै भगवान पुकारे, मेरो निर्दोष मन ले खै के के सोच्यो।।।
” बिरामी थिए कतै केही त भएन ?? उनी यत्तिका दिन सम्म अस्पताल मा त थिएनन ,,?? म आत्तिन्छु भनेर हस्पिटल बाट निको भए पछि मात्र मलाइ जानकारी दिन्थे उनी तर एसरी सम्पर्क बिहिन त हुदैनथे आज पूरा 10 दिन भैसक्यो न फोन न कुनै सन्जाल मा उनको खबर,,, अर्को मन सोच्थ्यो बाइक स्पिड मा लिएर हिड्थे कति पटक सम्झाएकि थिए यसरी bike लिएर नहिड्नु भनेर मान्नी होइनन ।।
कतै केही पो भयोकी ?मन आनायसै कुबिचार मा भाग्न थाल्छ। फेरि हिम्मत गरेर message हेर्न थाल्छु।
दिदी अनुप ले हजुरलाइ धोका दियो।। उसको 15 दिन अगाडि सङ्गै पढ्ने केटि सङ्ग engegment भएको रहेछ।”
के??? म छाङ्गा बाट खसेझै भए। कसैले फकाइ फकाइ भिर मा लगेर धकेलिदिए जस्तो भए ।।। शरीर फतक्क गल्यो। आँखा बाट आशुका बलिन्धारा छुट्न थाले ,, म जीवन मा मन दुखेर यसरी दुई पटक रोए एकपटक नेपाल छाडेर बाध्यता ले प्रदेस लाग्ने बेला र आज जुन खबर सुनेर सिसा जस्तै टुक्राटुक्रा बने।
भर्खर नुहाएर बसेकी म खलखली पसिनाले फेरि भिजायो मेरो शरीर , ।चिच्याएर रुनु सम्म रुन मन लाग्यो।। यो खबर सत्य होइन भनेर मनलाइ सान्त्वना दिन मन लाग्यो।। निस्सासिएको मेरो मन सङ्ग जुध्न म सिरानिले मुख छोपेर रुन थाले।खै यो आखामा उसका एक एक कुराको तस्बिर झल्किन थाले कान भरी उसले म सङ्ग गरेका हजार बाचा हरु गुन्जिन थाले , मानसपटल एसरी उम्लिन थाल्यो कि उसका याद ,उसका तस्बिर ,उस्को हासो,उसको रुवाइ र उसका स्वार्थपन सबै भरिएर उम्लिदै पोखिदै गर्न थाल्यो।
11 class देखि सङ्गै चिनजान र प्रेम सम्बन्ध हाम्रो निकै प्रगाढ थियो चखेवाको जोडि भन्दा पनि लोभ लाग्दो हाम्रो प्रेम दुनियाको नजर लाग्ला भन्ने डर पनि लाग्थ्यो।।
कहिले रिसाउने कहिले फकाउने कहिले रुने र कहिले हास्ने गर्दै हाम्रो अगाडि बढेको प्रेम सम्बन्ध निकै नै मजबुत भए जस्तो लाग्थ्यो।। उनी पनि म जस्तै गरिब परिवार को छोरा उनी पनि बढ्दो महँङ्गि मा काठमाडौ मा डेरा लिएर किर्तिपुरको मङ्गल उच्च माध्यमिक मा पढ्दै भबिस्यको सुन्दर खोजिमा आफ्नो जीवन ब्यतित गरिरहेका थियौ।कहिले साझमा चोभारको डाडामा कहिले भक्तपुर, कहिले पशुपति, कहिले कहाँ घुम्दै एक अर्काको सपना बाड्फाड गर्दै ।
त कहिले नयाबजार को गेट नीर पानीपुरी र चट्पट को मज्जा लिदै कहिले बाजेको चिया पसल मा तातो चियाको चुस्की लिदै एक अर्काको आखामा आफ्ना तस्बिर हरु नियाल्दै हामीले आफ्नो सम्बन्ध लाई समय सङ्ग निकै मजबुत बनायौ। हाम्रो सबै बिचार हरु मिलेका हुन्थे प्राय जसो।
मेरो हात समातेर चोभार को बाटो तय गर्दै गर्दा उनले आफ्नो सपना मलाइ सुनाएका थिए उनी राजनीति शास्त्र मा PHD पढेर देश को लागि आफ्नो केही दक्ष शक्ति हरु खर्चिन चाहन्थे । उनी रास्ट्र भक्त थिए राजनितिक र समाज सुधार , का कुरा मा पोख्त हुन चाहान्थे उनका राजनिती कुरा हरु मलाइ बुझ्न गार्हो हुन्थ्यो तर उनी जब त्यस विषय मा गर्जिन्थे मलाइ खुब मन पर्थ्यो। म लठ्ठीन्थे उनका कुरामा ,,,।
परे देसको लागि ज्यान दिन्छु भन्न पनि पछि नहट्ने उनी मलाइ उनको निकै माया थियो। घरी घरी घरको दयनिय आर्थिक अबस्था ले गर्दा बिदेसिनु पर्ने हो कि भनेर घरी घरी निकै उदास हुने गर्थे उनी।।। मैले पनि स्वयम्भू को टापु मा पुगेर काठमाडौ को अभ्यस्त शहर लाई नियालिरहदा उनको काध मा सिर अद्याएर मलाइ पनि साहित्यिक क्षेत्र मा आफ्नो नाम कमाउने ठूलो सपना का रङ्गिन भबिस्य का कल्पना हरु बाडेकी थिए।
तर समय ले 12 पास लगत्तै दुई किनारामा लगेर छाडिदियो।
म घरकी एउटि उदाउदी तारा बिदेस गएर घरको स्थिति सुधार्ने एउटा जिम्मेवारी निभाउनको लागि जापनिज भाषा पढेर बिदेसिनु पर्ने भयो।। उनी पनि होटेल मा काम गर्दै आफ्नो अध्ययन निरन्तरता दिने निर्णय गरे।।
जब मेरो जापान जाने तयारी पूरा भयो।। झन झन उनी निकै निरास देखिन्थे उनका आखामा बिछोड्का पीडा भबिस्यमा टाढा बसेर प्रतीक्षा मा जीवन बिताउनु पर्नेको पीडा सबथोक मैले उकुसमुकुस भएको पाउथे । यसरी छुट्टिनु मन कसलाइ थियो र मलाइ अनुप मेरो प्रेमी मात्र होइनन अभिभावक जस्तै बनेका थिए।
मेरो हरेक कुरामा साथ दिने सम्झाउने बुझाउने र हिम्मत दिने तर आज म प्रदेस जान हरियो पासपोर्ट हात मा बोकेको देख्दा उनको मन मा बाढिपहिरो आएको थियो उनले नबताए पनि स्पष्ट उनको आँखा र हाउभाउ हेरेर बुझ्थे।
जाने बेलामा हामी बिच भएका ती मिठा नमिठा पल हरु सबै भन्दा अबिस्मर्णिय थियो । त्यस रात हामी बिच दुख सुख मात्र होइन सारिरिक सम्बन्ध साटासाट भएको थियो। अब बाट तिमी मेरि हौ भन्ने हक जमाएर, नेरो अङ्गालो मा भए भरका पीडा पोखेर मलाइ बिदेश को लागि बिदाइ दिएका थिए!!
मनमा बाबा आमाले ममाथी देखेका सपना , लाखौं रिन गरेर मलाइ घर धान्ने बलियो खम्बा ठानेर मरो आश ले मलाइ प्रदेस पठाएका परिवारको आशा लाई मैले निरास नबनाउन निरन्तर मेरा हरेक चाहाना मारेर अनिधो रात सङ्गै खुब संघर्ष गर्न थाले । म सङ्ग अब परिवारको साथै अनुप को पनि सपना पूरा गर्ने एउटा अठोट थियो।
म चाहान्थे कि अनुप लाई कुनै कुराको अभाब नहोस जति म सक्छु म मेरो पसिना बेचेर उनको सपना पूरा गर्छु । सम्झेकी हुन्थे एउटा सानो कोठामा घरबेटिको किचकिच सहदै जेल जीवन जस्तो जिन्दगी बिताएको त्यो पल । घरी घरी कोठामा चामल सकिदा चिउराको फ्वाक पानीले भिजाएर पेट भरेको ,, 10 रुपैया जोगाउन हिड्दै duty गर्न पुगेको ।धुदा धुदा रङ्ग खुइलिएर बेरङ्ग बनेको एउटै सर्ट नफाटुन्जेल पहिरिएर धनी हरु भनाउदाको नजर मा हासोको पात्र बनेको।
खुब याद आउँछ, एक पटक मैले चट्पट खान मन गर्दा पैसा नपुगेर मन धमिलो बनाउदै उनले भोलि का बाचा गरेको खुब याद आउँछ। मलाइ धेरै याद आउथ्यो त्यो हाम्रो साना साना अभाब को आज त्यही साना अभाब सम्झिदा मलाइ निकै ठुलो हिम्मत बढेर आउथ्यो। दिन भरी को थकान पनि परिवारको खुसी र अनुप को आवस्यकता पूरा गर्दा सबै हराएर जान्थ्यो। समय बिद्दै जादा म अझै कयौ बर्ष बिदेस मा बसेर भए पनि अनुप का ती सपना सजाउने बाचा गरेकी थिए।
उनलाइ पिएचडी पास गराउने उनलाइ राजनीतिक क्षेत्रमा एउटा उद्दार आत्मा बोकेको राजनेता बनाउने उदेश्य लिन थाले उनलाई चाहिने सानो कोठा बाट अपार्ट्मेन्ट मा सिफ्ट गराएर उनका कोठामा उनले चाहे जस्तै पुस्तक का खात , फलफूल ले भरिएका फ्रीज , आरामदायी बेड को पनि ब्यबस्था गरिदिए । उनलाई कुनै पनि जागिर गर्ने जरुरत मैले गर्न दिइन ।
साथी सर्कल सङ्ग भिजाउन को लागि bullet bike पनि उपलब्ध गराएकी थिए । मेरो भाग मा मेरो परिवारको जिम्मेवारी नहुदो हु त उसलाइ म कार को पनि आवस्यकता पूरा गर्थे होला।हर चाहाना पूरा गर्थे होला।। उनको पढाई मा कुनै बाधा नाआओस भनेर मेरा आफ्नो पिडा समेत उनलाइ बताउन चाहान्थिन। आफ्नो देसको सेवामा ज्यान पनि दिन चाहाने
उनलाइ म dependent मा ल्याएर प्रदेसी भुमिको गुलाम बनाउन म चाहान्थिन त्यसैले उनका हरेक चाहाना र आवस्यकता पनि पूरा गर्दै म बिदेसी भुमी मा बर्शौ बर्स सम्म आफ्नो खुसी गुमाउदै परिवारको स्नेह आमाको न्यानो काख मातृभुमिको प्यारो ममता छाडेर उनको र परिवारको खुसिमा आफ्नो खुसी खोज्न थालेकी थिए।
उसलाइ त के थाहा भयो होला र बिदेसी भुमी मुर्दा हरु को शहर हो यहाँ मान्छे होइन पत्थर हरुको हैकम चल्छ कति गाह्रो हुन्छ हामी चेलिहरुलाइ हामिले आफ्नो दक्षता हाम्रो सीप बाट मात्र उनिहरु सन्तुष्टि हुदैनन पापी नजर हामी चेली माथी नराम्रो पर्छ र कसरी जोगाएर लडेर हामिले आफ्नो कर्म गर्नु पर्छ।
मैले उसको लागि भनेर जवानी प्रदेसको समय सङ्ग कटाएकी थिए तर कसै सङ्ग आफ्नो इज्जत साट्न चाहिन अनुप लाई सम्झिन्थे स्पर्श महसुस गरेर आफ्नो जवानिका बोझहरु हलुका बनाउथे।
म आफुलाइ सम्हालेर उसको लागि बाचे आज याद आयो मलाइ म र उस मा कति फरक रैछ।
म यता उसको सपना को खोजिमा भौतारिन्थे ,उ उता अरुको सपनाको खोजिमा हराउथ्यो, मलाई छलेर मेरो बिस्वास तोडेर ममाथी मेरो सम्पुर्ण हक जमाएर पनि अन्त्यमा उसले आफ्नो जीवन को अधिकार अरु कसैलाइ दियो ।। म एता उसले खायो कि खाएन भन्दै निरास हुन्थे उ उता नया नया केटि सङ्ग रेस्टुरेन्टमा र होटेल को गल्ली गल्ली मा मेरो पसिनाको बास्ना छर्दो रहेछ।
मैले उ माथी अन्धो बिस्वास गरेकी रहेछु मलाइ खुब धोका दियो झुक्कायो मेरो बिस्वास माथि खेल्यो। उसलाइ कहिल्यै मैले सङ्का को नजरले हेरिन तर आज मेरो फाइदा उठायो उसले ।। मलाइ चाहाना थियो अब बिदेसी भुमी त्यागेर नेपाल मै उ सङ्ग जिन्दगी बिताउने मुखले मात्र तिमी मेरि हौ भनेर उसले व्यबहार मा कसै माथी हक जमाउन खोज्यो म सङ्ग आवस्यकता को सम्पुर्ण यसो आराम पूरा गरेर अरु कसैसङ्ग भबिस्य का रङ्गिन दुनिया बसाल्यो।
मेरा आँखा ले उसलाइ सन्सार देखाए सन्सार देखेको केहिपल मै उसले मलाइ चिनेन र साथ छोडिदियो। अब उसका बेरङ्ग कपडा रहेनन ती बदन मा रङ्ग जो मैले भरेकी थिए उ मैले रङ्ग भरेको कपडा सङ्ग उसले अरु कसैको तारिफ मा भुल्न खोज्यो। कसरी उसले अरु लाई स्पर्श गर्यो होला कसै सङ्ग शरीर साटिरहदा मेरो ताद आयो कि आएन होला कुन्नी?
भन्न जति सहिलो हुन्छ कि तिम्रो खुसी नै मेरो खुसी भनेर तर हेरन आज उसलाइ अर्कैको अङ्गलोमा बेरिएर खुसी भएको देख्दा मलाइ खुसी मिलेन किन भनन? तिमिले आफ्नो स्वार्थको लागि धोका दियौ यदि अरु नै मन पराउनु थियो भने मलाइ भनेर टाढा हुनुपर्थ्यो नजाउ मैले पक्कै भन्ने थिइन होल माया जो गर्थे तिमिलाइ निस्वार्थ माया जसरी तिम्रो आमा ले तिमिलाइ गर्नुहुन्थ्यो आफुले नखाएर तिमिलाइ खुवाए जसरी ।
मैले पनि त त्यस्तै गर्थे बिदेसि भुमी सङ्ग आफ्नो जवानी सक्काएर तिम्रो इछ्या पूरा गरिदिए आज आफ्नै बिस्वास माथी लाज लाग्यो अनुप। अब जे होस तिमी खुसी रहनु । र अब उसलाइ मलाइ जस्तो धोका नदिनु।
यो घाइते मन लिएर उपचारको लागि कुन अस्पताल जाउ म? घाइते मन को कुनै उपचार छैन ।सक्छौ भने तिम्रो सुखी दाम्पत्य जीवन को थोरै मुस्कान मलाइ पठाइदिनु यही हेरेर म आरामले मेरो प्राण त्यागौला।
उहीँ तिम्रो खुसी चाहाने
मान्छे।।।।
Leave a Reply