काठमाडौ ।
हिजो साझ झगडा परेको थियो उनको र मेरो। सानो कुरामा झगडा गर्न खासै ठूलो कुरा नै चाहिदैन थियो हामी बिच सानै तिल जत्रो कुरा पहाड जत्रो बन्थ्यो तर त्यो पहाड नौनी बनेर पग्लिन्थ्यो।
फेरि केही छिन मै पहाड्मा फुल हरु फुल्थ्यो रङ्गिचङ्गी बनेर । हाम्रो झगडा एकै छिन मा मीठो खुसी बनेर फर्किन्थ्यो। आज पनि त्यस्तै भयो झगडा त्यति ठूलो थिएन उनले भनेकी थिइन
” ल आज मेरो तारिफ गर्नु त ”
अफिस मा बोस सङ्ग झगडा परेर तातिएको बेला मलाई उनको अनुरोध खासै चित्त परेन र थोरै झर्किएर जवाफ दिएको थिए।
” कस्तो कुरा गरेकी के तिमी यो समय तारिफ गर्ने को हो? मान्छे यहाँ कुन टेन्सन मा छ तिम्लाइ यतिबेला तारिफ चाहिन्छ।”
यति मात्र के भनेको थिए उनी रिसाएर फोन काटिन मैले पनि फकाउने प्रयास गरिन। र उनले पनि मलाइ बुझ्ने कोसिस गरिनन ।अनि हिजो बेलुका बाट अहिले बेलुका सम्म उनको फोन आएन मलाइ! म उनकै प्रतीक्षा मा थिए कति बेला फोन आउँछ उनको म तड्पिएको थिए तर मेरो पनि इगो त निकै भयंकर थियो आफै ले बोलाउन पनि चाहिन।
साएद उनलाइ पनि यस्तै हुदो हो मलाई थाहा थियो उनलाइ पनि मलाइ जस्तै हुन्छ एक्छिन नबोल्दा। कसैको message आउदा फोन आउदा पनि उनले नै गरिन कि भन्ने लाग्छ , कुर्दा कुर्दै फोन नआउदा आफै फोन हान्ने प्रयास गर्छु तर उनले पनि त सरि भन्न सक्थिन भन्ने सोचेर फेरि फोन काट्छु।
आज पनि गरिनन फोन निरास बनेर बेड मा पल्टिए तर एक्कासी फोन को घन्टी बज्यो उनले फोन गरिन मलाइ
” हेल्लो ” मैले उठाए
” सुन्नु न म एउटा कुरा भनु?” उनले निकै गम्भीरता का साथ अनुमती मागिन
” भनन के कुरा हो”
“मलाइ आज आफै लाई बिस्वास लागेको छैन कि मलाइ कसैसङ्ग प्रेम भएको छ” उनले खुसी हुँदै भनिन
मन मा कतै सियो ले घोछे जस्तै भयो तैपनि उनलाइ प्रस्न गरे
” कोसङ्ग प्रेम भयो? भनन भन्न मिल्छ? को हो त्यो भाग्यमानी ?”
” मलाइ एक दिन एक रात एक पल पनि उ बिना बाच्न गार्हो हुन थालेको छ। दुनिया खै के पाउन हत्तार गरेर भागेको भागेइ छ कुन्नी म भने मात्र उसलाइ पाउन भागिरहेकी छु।” उनले भनिन
“हो र को रैछ त्यस्तो मान्छे मलाई नलुकाइ कुरा भनन कोहो त्यो ?” मैले पुन उनलाइ प्रस्न दोहोर्याए
“मान्छे हरु भन्छन नि जुन मा पनि दाग हुन्छ । हो म पनि भन्छु जुनमा पनि दाग हुन्छ तर मैले माया गर्ने मान्छेमा केही पनि दाग छैन उनी हर कुरामा सम्पन्न छन हर कुरामा रुपमा, दिलमा, व्यबहार मा हरेक कुरामा।”
“अनि??” म अरु सुन्ने बिचार मा बोल्छु
” अनि म उनको त्यही मन मा राज गर्न चाहन्छु एक रानी को रुप मा ,उनको दिलको सुन्दर दरबार मा ,झासी कि रानी हुन चाहान्छु”
“ओहो!! अनि अनि?”
” अनि के भनु म जति बर्णन गरे पनि कम हुन्छ उनको लागि सन्सार मा श्रिङ्गार का सब्दकोश मा जति जति शब्द कोरिएका छन उनको लागि कम पर्न जान्छ। जति पढे पनि कम लाग्ने जति लेखे पनि कम लाग्ने बरु मसि सकिएला, कपि का पाना कम होला जति यो सन्सार मा उत्पादन भएका छन सब कम पर्छ उनलाइ बर्णन गर्न सबै बस्तुहरु बुझ्नु भयो?”
” ल को हो यस्तो मान्छे भनन pliz ” मैले पुन उनलाइ अनुरोध गरे , मेरो प्रस्न नजरअन्दाज गर्दै उनले पुन भनिन
“उनी मेरो प्रेरणा हुन मलाइ सगरमाथा को सिखर चुम्न को लागि उनले मेरो पाइला पाइला मा आफ्नो कलेजो बिछ्याएका छन । आफ्नो कोमल कलेजो मेरै लागि समर्पित गरेर भनेका छन “तिमी आराम ले सफल हुनु म ठिक छु सानु” आफै सोच्नु न मलाइ आफ्नो कलेजो नै बिछ्याएर पीडा आफू सहन तयार हुने उनी मलाइ कति माया गर्छन?”
” बुझे ” मैले छोटो बोले
” बास्तब मा उनी मेरो सास हुन धड्कन हुन उनी मेरो जिन्दगी हुन ,उनी मेरो मन मस्तिष्क मा बस्छन ”
” को हो त्यो मान्छे भनन मलाई पनि चिनाउ न एक पटक को हो यस्तो मान्छे? कस्ता छन ? कहाँ का हुन?” मैले फेरि प्रस्न तेर्साए
” उनको कुनै जात छैन धर्म छैन बस उनी मेरो हुन । उनी क?नै पेसा मा आवद्ध छैनन बस म सङ्ग आबद्द छन मेरो दुख सुख सब सङ्ग , उनको कुनै ठेगान छैन किनकी उनले आफ्नो मन को दरबार मेरो नाम गरेर बसेका छन । उनी मात्र मेरो हुन मेरो रहन्छन सधै । साच्चै भनु? कोहुन उनी?? ”
” अ भनन ”
” उनी हुन मेरो बादर ,मेरो सुमन प्रसाद अधिकारी मेरो मनको प्यारो मान्छे मेरो हप्सी!”
उनको अन्त्य को कुरा ले मलाइ खुब खुसी बनायो एक पटक फुरुङ्ग भए दिल उडेर चङ्ग जस्तै भयो निलो आकास मा पुरै उडेर माथी पुग्यो ।
” बादर्नी कति कुरा जानेकी ”
मैले हास्दै भने उनले फेरि मलाइ आदेश दिदै भनिन
” ल उसो भए एक पटक उठेर नाच्नु”
उनको मीठो आदेस कसरी नकार्नु भिडियो कल मोबाइल अगाडी राखेर नाच्न पठाइन म नाच्न थाले उनी मुर्छा परेर हास्न थालिन। मलाइ साच्ची उनको पागल पन ले पागल बनायो उनको यो बानि मलाइ खुब मन पर्छ।
बच्चा जस्ती निकै मोहित पार्ने उनको कला मलाइ खुब मन पर्छ साच्ची पागल छे उ । साच्ची पागल छु म म पनि । दुबै जना एक अर्का को प्रेम मा पागल छौ
Leave a Reply