काठमाडौं ।
नेपाली राजनीतिका मुद्र्धन्य ब्यक्तित्व, समाजवादी चिन्तक महामानव स्वर्गीय नेता जननायक वि पि कोइराला को १०९औं जन्म जयन्ती दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
काँंग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचिचत प्रधानमन्त्री बीपी कोइरालाको १०९औं जन्म जयन्ती अवसर पारेर नेपाली कांग्रेसमा आबद्ध भ्रातृ संस्थाहरूले विविध कार्यक्रम गरिएको हो ।
वि पि कोइरालाको १०९औं जन्म जयन्ती को अवसरमा ने.वि संघले त्रिभुवन विश्वविद्द्यालयमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको हामीलाई ने.वि संघका नेता सुमन प्रसाद अधिकारीले बताउनु भयो ।
विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।
भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।
विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।
विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।
साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्स दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आˆनो कथा र जेल जर्नल आत्मबृतान्त एवम्् जीवनी सङ्ग्रह प्रकाशित छन् ।
नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।
कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
Leave a Reply