त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रण

Advertisements

काठमाडौं -त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रणमा लिएको छ।

एल्लो प्यागोडा होटलमा शुक्रबार जारी बैठकबाट आफूहरूले कागजात नियन्त्रणमा लिएको नेविसंघ त्रिवि ले बतायको छ बैठकमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनहरूलगायत कार्यकारी परिषदका सदस्यहरू थिए।

त्रिविले कीर्तिपुरस्थित कार्यालयमा बैठक नगरेर होटलमा बैठक गरेकोले कागजात नियन्त्रणमा लिनुपरीको तृ बि ने बि सङ बताउँछन्।

‘कार्यकारी परिषदको बैठक गर्न त्रिविमै पर्याप्त संरचना छन्, होटलमा बैठक गर्न पर्दैन,’ उनिहरुले भने, ‘विद्यार्थीका आवाज र हाम्रा माग नसुन्ने अनि होटलमा कार्यक्रम गर्ने?’

त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्ने, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्ने सम्बन्धमालगायत ७ एजेन्डामाथि छलफल गर्न कार्यकारी परिषदको बैठक बसेको थियो।

नेविसंघले कागजात नियन्त्रणमा लिएकोबारे जिज्ञासा राख्दा रजिष्ट्रार पेशल दाहालले आफू व्यस्त रहेको बताए।

नेविसंघले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गरेको छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *