अध्यक्ष गुरुङको आग्रह ” डेङ्गुबाट सतर्क रहनु-रुढीवादी-अन्धविश्वास र भड्किलो शैलीमा चाडपर्व नमनाउनु”

Advertisements

पर्वत – पर्वतकाे विहादी गाउँपालिकामा विजयादशमी दीपावली तथा चडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शनिवार विहादी गाउँ पालिकाको आयोजनामा पालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका प्रमुख,उप प्रमुख, पालिका भित्र जनप्रतिनिधि,निवर्तमान जनप्रतिनिधी,कर्मचारी,राजनीतिक दल,सुरक्षा कर्मी,समाजसेवी,बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

पालिकाका सम्पूर्ण राजनीतिक दल,सम्पूर्ण निकाय तथा पक्षबीच मितव्ययिता,मित्रगत समन्वय र हरेक पक्षसँग अन्तरसम्बन्ध सुमधुर बनाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

पालिका प्रमुख परविन गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख गुरुङले संस्कार र संस्कृतिको संरक्षण गर्दै वर्तमान रुढीवादी,अन्धविश्वास र भड्किलो रूपमा चाडपर्व नमनाउन आग्रह गर्नु भयो।
त्यस्तै प्रमुख गुरुङले भयावह रुपमा फैलिएको डेङ्गु बाट सचेत रही चाडपर्व मनाउनमा समेत जोड दिनु भयो।

पालिकामा रहेको विद्यमान वर्तमान परिस्थितिको खण्डन गर्दै सबै राजनीतिक दल,सम्पूर्ण निकायसंग समय अनुकूल रुपमा जमघट गरेर बृहत सल्लाह विचार विमर्श गरेर समुन्नत विहादीकाे बाटोमा अघि बढ्ने जनाउनु भयो।

कार्यक्रममा सहभागी निवर्तमान पालिका अध्यक्ष कमल प्रसाद भुसालले विजया दशमी को शुभकामना दिँदै पहिलो पटक पालिकामा शुभ कामना आदानप्रदान कार्यक्रम मार्फत जमघट हुने अवसर जुटाइदिन निमन्त्रणा गरेकोमा पालिका परिवार प्रति धन्यवाद प्रदान गर्दै पालिकाको नेतृत्व सफल बन्नेमा विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै उहाले विहादी गाउँपालिकाकाे जननिर्वाचित एउटा नेतृत्वकर्ता असफल हुनु भनेको सम्पूर्ण विहादीबासी असफल हुनु हो,त्यसैले सकारात्मक साथ दिन विहादीबासीलाई अनुरोध गर्नु भयो।

कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु,कर्मचारीहरूले शुभ कामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य पालिका उपप्रमुख मिना तिवारीले राख्नु भएको थियो। उहाले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै पालिकाको अवको बाटोमा सबैले सुझाव र साथ दिन अनुरोध गर्नु भयो।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *