“जनताले उत्कृष्ट स्थानिय सरकारकाे महसुस गर्ने गरी कार्यसम्पादन हुनेछ”-विहादी गाउँपालिका

Advertisements

पर्वत – विहादी गाउँपालिकाकाे कार्यालय सभाहलमा शुक्रबार एक कार्यक्रमकाे आयोजना भयो ।जसमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका कर्माचारीकाे खचाखच उपस्थिति थियो।

 

उक्त उपस्थिति बिहादी गाउपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा मुख्यमंत्री कार्यालय गण्डकी प्रदेशबाट सरुवा भइ आउनु भएका सुबोध बाबू पौडेल लाई औपचारिक रुपमा स्वागत गर्न भेला भएको थियो।

उक्त कार्यक्रममा अधिकृत पौडेललाई औपचारिक रुपमा स्वागत गर्दै बिहादी गाउपालिका अध्यक्ष परबिन गुरुङले सम्पुर्ण कर्मचारी लाई कर्तव्य र समयको मध्यनजर गरेर जवाफदेही,निष्पक्ष र पारदर्शी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।

” समुन्नत बिहादि र सम्मानित बिहादीबासी” बनाउने गोरेटोमा हामी छौं,कर्मचारी जनप्रतिनिधि र सर्वसाधारणको प्रभावकारी समन्वय आवश्यक छ, जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर काम गरौं उहाँले आग्रह गर्नु भएको छ।

त्यस्तै,पालिका उपाध्यक्ष मिना तिवारीले अधिकृत पौडेललाई शब्दबाट स्वागत गर्दै रचनात्मक र प्रभावकारी कार्यकालकाे शुभकामना व्यक्त गर्नु भएको छ।

 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्वागत तथा परिचयात्मक कार्यक्रममा अवसरको लागि धन्यवाद दिँदै सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि को समन्वयमा नीति तथा योजना सम्पन्न गर्ने तर्फ जोड दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

स्याङ्जा अर्जुनचौपारी गाउपालिका वडा नम्बर ६ स्थायी घर भएका पौडेल बिहादीमा काम गर्न उत्सुक भएको भन्दै सबैको चौतर्फी सहयोगको माग गरेका छन्।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *