पर्वत – पर्वत जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले पालिका भित्रकाे शैक्षिक तथा स्वास्थ्य कार्यक्रममा केन्द्रीकरणकाे अभियान अगाडि सारेका छन।
शिक्षा र स्वास्थ्यको कारण देखाउँदै पालीकाबाट अन्यन्त्र बसाई सर्ने संख्या बढ्दै गएपछि यो अवधारणा ल्याइएको गुरुङले स्पष्ट पारेका छन्।
शैक्षिक गुणस्तर र प्रभावकारी स्वास्थ्य सेवाकाे उपयुक्त व्यवस्थापन गर्न सके बसाइसराई रोकिन सक्ने गुरुङले बताएका छन्।
उनका अनुसार चिकित्सक सहितको विशेष स्वास्थ्य संस्था स्थापना गर्न सकेमा स्वास्थ्यमा समस्या आउँदा लामो दूरी तय गरेर बजारका स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था पनि नरहने हुँदा स्वास्थ्यमा केन्द्रीकरण काे आवश्यकता देखिएको बताए हुन।
उनले पालिका भित्रका स्वास्थ्य संस्था र विज्ञ संग छलफल अगाडि बढेको राष्ट्रको अनलाइनलाई जानकारी दिएका छन।
त्यस्तै पालिकाका अध्यक्ष गुरुङले शैक्षिक गुणस्तर कायम गर्नको लागि आवश्यकता अनुसार विद्यालयहरुलाई समायोजन गरिने बताएका छन्।
गाउँपालिकाभित्र सञ्चालनमा रहेको ३० ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बिहीबार भएको नियमित मासिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
गुणस्तरी शिक्षाकाे खोजीमा मानिसहरुको बसासराईँको दर बढीरहेकोप्रति चिन्तित हुँदै उनले गाउँमा रहेका हरेक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न सकेमा बसाईसराईँ रोकिने बताएका हुन्।
कार्यक्रम का बीच “उनले शिक्षा र स्वास्थ्य मानिसका आधारभूत कुराहरु हुन ,यसलाई हामीले जनमुखी बनाउनुपर्छ , अब शिक्षक र विद्यार्थीको अनुपात पनि मिलाइनुपर्छ,त्यस्तै पालिका भित्र सामान्य देखि जटिल रोगको उपचार गर्नमा हामी आत्म निर्भर हुनुपर्छ, विशेषज्ञ सहितको सेवा प्रवाह गर्नु पर्छ भन्ने पक्षमा हामी लागेका छौँ। विज्ञहरुले पनि सुझाव दिनुहोला ’उनले आग्रह गरेका छन्
विज्ञ टोली निर्माण गरेर विद्यालय समायोजन र स्वास्थ्यमा केन्द्रीकरण अभियानको बारेमा कदम चालिने गुरुङको भनाई छ।
त्यस्तै,गाउँपालिकामा प्राबिधिक धारको शिक्षा सुरु गर्न सकेमा गाउँमा नै प्राबिधिकहरु उत्पादन गर्न सकिने तथा प्राबिधिक शिक्षाको खोजीमा बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने सोच अध्यक्ष गुरुङले लिएका छन्।
बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारी पनि सहभागी भएकी थिईन्। लामो समय स्वास्थ्य क्षेत्रमा काम समेत गरेर जनप्रतिनिधिका रुपमा आएकी शर्माले नागरिकले परिवर्तको महसुस गर्ने तहका रुपमा शिक्षा र स्वास्थ्यलाई लिन सकिने बताईन। शिक्षा नै दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रमा राज्यले पनि विशेष जोड दिनुपर्ने उनको भनाई छ।
बैठकमा सहभागी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयका समस्या र चाल्न सकिने कदमको बारेमा जानकारी गराएका थिए।
Leave a Reply