बिहादीकाे अनुकरणीय अवधारणा – हरेक ४-४ महिनामा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने,

Advertisements

पर्वत – पर्वतको बिहादी गाउपालिका प्रमुख परविन गुरुङ्ग ले सरकारी तथा सामुदायिक विद्यालयको खस्किएको शिक्षा काे गुणस्तर प्रति दुःख ब्यक्त गर्नु भएको छ।

पालिका भित्र संचालित सामुदायिक बिधालयकाे शिक्षा काे गुणस्तरमा खासै परिबर्तन नआएको जिकिर गर्नु भएको छ।
आफनो कार्यकालमा अभिभावक,शिक्षक र विद्यार्थीको त्रिकोणत्मक मजबुत सम्बन्ध र स्थानिय सरकारसंगको समन्वय बाट शिक्षा क्षेत्र र समाजको ब्यबस्था तथा अवस्था परिवर्तन गर्न आफू लागि पर्ने बताउनु भएको छ।

पालिका भित्र अवस्थित लक्ष्मीभबन माध्यमिक बिधालयको ५९ औं बार्सिक उत्सब कार्यक्रममा गुरुङले शिक्षाको गुणस्तर उकास्न विभिन्न विज्ञ टोली संग सहकार्य र सल्लाह गरी अघि बढ्ने बताउनु भएको छ।

शिक्षा शाखा र बिधालय प्रशासनलाई अनुरोध गर्दै विधानसम्मत रुपमा समिति गठन गरि समितिले बिधालयको शैक्षिक गुणस्तर, मनोरञ्जन, खेलकुद,शैक्षिक भ्रमण,जस्ता क्रियाकलाप बाट विद्यार्थीमा बाहिर ज्ञानका साथै ब्यबहारिक शिक्षा प्रदान गर्नमा विशेष ध्यान दिन आग्रह गर्नु भएको छ।साथै पालिका त्यसको लागि समन्वय गर्न तयार रहेको जानकारी गराउनु भएको छ।

त्यस्तै विद्यार्थीकाे स्वास्थ्य अवस्थामा पालिका चिन्तित रहेको अवगत गराउँदै हरेक ४-४ महिनामा विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने प्रतिबद्धता जाहेर गर्नु भएको छ।

पालिका प्रमुख गुरुङ्ग काे प्रमुख आतिथ्यता, ब्यबस्थापन समितिका अध्यक्ष तथा बिहादी ४ वाहाकीठाँटीका वडा अध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्वतका सह सचीव तिलक भुसाल, पालिका शिक्षा शाखा प्रमुख दिनेश भुसाल,कार्यपालिका सदस्य सरिता गुरुङ,पुर्ब प्रधानाध्यापक दुर्गा भुसाल लगायत जनप्रतिनिधिहरु,ब्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक र सयौ विद्यार्थीको काे उपस्थिति रहेको थियो।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *