विहादीकाे उदाहरणिय र अनुसरणिय काम – वडाबाट भत्ता र ३/३ महिनामा स्वास्थ्य परामर्श,

Advertisements

श्रावण १५, पर्वत । पर्वतको विहादी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा वडामा सामाजिक सुरक्षा भत्ता तथा स्वास्थ परिक्षण कार्यक्रम वडा नम्बर २ बराचौर बाट सुरुवात गरेको हो ।

 
गाउँपालिकाले प्रभु बैकको समन्वयमा सामाजिक सुरक्षा भत्ता विरण गरेको हो । पहिलो चरणमा १ सय ७४ जनाले सामाजिक सुरक्षा भत्ता बापत १९ लाख ४१ हजार रुपियाँ वडाबाटै प्राप्त गरेका छन भने १ सय ५९ जनाले स्वास्थ परिक्षण गरिएको छ ।

चुनावको बेला नागरिकसंग गरेका प्रतिबद्धताहरु पुरा गर्न आफुहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परिक्षण गरेको वहादी गाउपालिकाका अध्यक्ष प्रविन गुरुङले बताउनु भयो । उहाँले आफुहरुले सुरु गरेको कार्यलाई सफल बनाउन सहयोग गर्नुे प्रभु बैंक लगाएत सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।

त्यस्तै विहादी गाउँपालिका भित्रका वृद नागरिकहरु रकम काे अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस्,३/३ महिनाको अवधिमा स्वास्थ्य जाँच र परामर्श लिन सक्ने व्यवस्था मिलाउन लागिएको जानकारी अध्यक्ष गुरूङले दिनुभयो।चुनावको बेला गरिएका व्यक्तिगत बाचाहरु पालिका कै नीति तथा योजना बनेको छ तपाईहरुको सेवामा सदा पालिका रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

आगामी दिन मा पालिका भरिका सम्पूर्ण वडामा गाउँपालिका ले कार्यक्रम सञ्चालन गर्ने जानकारी प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयाल ले दिनु भयो।

 

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *