काठमाडौं– बीमा समितिले जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने निर्णय गरे पनि बीमा कम्पनीलाई पुँजी बढाउने दबाब परेको छ । पुँजी वृद्धि गर्ने माडोलिटीको बारेमा बीमा कम्पनीहरुबीच छलफल सुरु भएको छ । बीमा कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरे पछि कम्पनीहरु दबाबमा परेका हुन् ।
अहिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । बीमा समितिको निर्णय पछि नेपाल लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । कम्पनीहरूले अब हकप्रद मार्फत चुक्ता पुँजी पु¥याउने तयारी गरेका छन् । प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने विकल्प पनि बीमा कम्पनीहरुसँग छ । हकप्रद मार्फत जनताको पैसा उठाउन सजिलो हुने भएकाले बीमा कम्पनीले यो विकल्प रोच्ने सम्भावना बढी छ ।
लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुगे पनि अन्य कम्पनीको पुँजी कम छ । प्राइम लाइफको बोनसपछि २ अर्ब ७७ करोड पुग्नेछ । प्राइमको करिव सवा दुई अर्ब पुँजी सूर्य लाइफको १२.७ प्रतिशत बोनस सेयरपछि २ अर्ब ७७ करोड पुग्नेछ।
त्यस्तैगरी लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि २ अर्ब ६५ करोड रुपैयाँको छ । ज्योति लाइफको पनि १० प्रतिशत बोनसपछि २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । एसियन लाइफको पनि २५ प्रतिशत लाभांशपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । नेपाल लाइफ बाहेक सबै कम्पनीले हकप्रदको साहरा लिएर चुक्ता पुँजी थप्नुपर्ने दवाव छ ।
Leave a Reply