गणेश प्रसाद न्यौपाने- बैकको जागिर खाएको आज मैले तीन बर्ष भयो । मैले कमाएर कुनै पनि पैसा लगानिमा हाल्न पाएको छैन । पछिल्लो दुई बर्षमा मेरो तलब एक रुपैया बढेको छैन तर मेरो कोठाको भाडा तीन हजार देखि छ हजार पाँच सयको हाराहारी पुगेको छ । मैले दिनहु प्रयोग गर्न बजारका सामाग्री कहिले सुन को भाउमा किन्ने गरेको छु त कहिले पेट्रोलको भाउमा किनेको छु। खाने तेलकै कुरा गर्दा १६० देखि ३१० सम्म लिटर को खाएरचलिरहेछु। अफिसकै कुरा गर्दा टार्गेट चार गुणा बढ्दो स्थितिमा छ ।
अफिसकै कुरा गर्दा पहिला बैंकको काम आराम दायी थियो ! ग्राहक आफै आउथे,प्रतिस्पर्धा छैन को स्थितिमा थियो सबै बैंक आफैमा फरक जस्तै थिए ग्राहकले आफै खोज्दै बैंक सम्म आउथिए ! सरल सुबिधाका हरेक बस्तुहरु सहजै ग्राहकहरुले प्रयोग गरिदिन्थे तर अहिले स्थिती फरक छ । ग्राहक बैंक आउदैनन, हामी ग्राहकको घर घर पुग्नुपर्छ बढि भन्दा बढी सुबिधाका बस्तुहरु ग्राहकले जतिनै गर्दा समेत प्रयोग गर्न हानाकानि गर्छन।प्रतिस्पर्धाले बजार भरिएको छ भने टार्गेट हरु आफैमा अत्यधिक बढेका छन् ।पहिलाको स्थितिमा अहिले चार गुणा बढेको छ । ग्राहकले कर्जा लिने र तिर्ने गर्थे पहिला भने कहिले कर्जा मा त झन समस्या देखिएका छन ।स साना बित्तिय सस्थामा त ऋणि ऋण लिगेर फरार छन् । जसको मारमा कर्मचारिले विभिन्न किसिमले समस्या भोग्नु परेकै छ !
चट्ट हेर्दा सट पाइन्ट कोट टाइ मा सजिएर बस्ने कर्मचारी अनुहार हेर्दा सबै कुराको भरिपुर्ण लाग्छ ! अझ यो गर्मीको समयमा त बैंक भन्या गर्मीको समयमा जानै पर्न ठाउँ जस्तै छ। तर त्यही सित्तलमा पसिना निक्लने खालका कर्मचारिका पिडाहरु सायदै बाहिरी समाज ले बुझ्नै सक्दैन । तपाइलाइ के लाग्छ ! बैंकको एउटा साधारण कर्मचारिले कतिको तलब भत्ता खान्छ ? के लाख होला? के ६०/७० हजारको हाराहारी होला ? तर बैंक अनुसार सेवा सुबिधा त बिरलै छन् जुन सेवासुबिधा कल्पना भन्दा बाहिरका छन् त्यस्तै सेवा सुबिधा सहित बैंकको काम झन झन जटिल बन्दै गएको पनि छ ।
एउटा बैंक को नियमित कार्यालय सन्चालन बिभागमा कार्यरत कर्मचारी समेत विभिन्न ठुला ठुला मानसिक समस्यामा परेको घटना अहिले बाक्लै सुन्न पाइन्छ ।कयौ कर्मचारी बिदेश जाने होडबाजीमा समेत पाइन्छ । यहाँ सहज भएर पक्कै पनि बिदेश जाने होडमा कोहि हुदैन होला। केही भएरै त यो एसि सहितको इज्जत पाउने काम छोडेर बिदेश जान बाध्य छन मान्छे ।
अहिले बैंक आफैमा प्रतिस्पर्धात्मक छ। यहाँ हरेक बैंकिङ सस्था एक अर्का सँग तुलना र लडाइ गरिरहेका छन । जहाँ सुबिधाजन्य बस्तु तथा सेवा उत्पादन र बिक्रीको होडबाजी चलिरहेकै हुन्छ ।जसम खाता खोल्न देखि लिएर क्रेडिट कार्ड एटिएम कार्ड मोबाइल बैंकिङ QR जस्ता सेवा लाई प्रोत्साहन तथा बिक्री गरि विभिन्न माध्यम बाट खाता तथा डिपोजिट बढाइ अध्यधिक ग्राहक पुर्याउने होडमा बैंक हरु लागेका छन ! जसले गर्दा प्रतिस्पर्धा पनि अत्यधिक छ । बिहान ९ बजे गएको कर्मचारी साझ ८/९ बजेसम्म कहाँ छन भन्नू नै हुन्न अफिस गए भेटिन्छ । उसको बाहिरी दुनियानै छैन भन्दा हुन्छ ।
आफ्नै समुहमा रहेर काम गरिरहदा एकोहोरे हुने, अरुसँग मिल्न नसक्ने खालको समेत व्यबहार देखिने रहेछ ।अरु दिन ११/१२ घण्टा काम गर्दा समेत काम नसके शनिबार तथा सार्बजनिक बिदामा काम गर्न पर्ने । तर सुबिधा छ त्यही मासिक तलब दसै भत्ता अनि बोनस । अनि भनिन्छ यत्रो पाउँदा पनि के पुग्दैन। बर्शको अधिकांस समय बैंकलाई दिएर आएको बोनस होला केही बचेछ भने बच्ने नत्र त उहीँ हो खायो बस्यो ।
खायो बस्यो भन्दा मलाइ मेरै दाजुले भनेको कुरा एउटा याद आउँछ, “खाने बस्ने हो भने त गाउँ जा भैंसी पाल बाख्रा पाल त्यता केही बढी होला।” हुन पनि हो, न कमाएर आमालाइ केही दिन छ, न आफुलाइ केही किन्न छ, न परिवारलाइ सघाउ गर्न छ त न भबिस्यको लागि केही बचेको छ ।खानी बस्नी त मैले केही नगर्दा पनि गरेकै थिए त । आखिर बैंक को जागिर बाट केही परिवर्तन भयो त मेरो लगाइ खुवाइ फरक भए होला,केही साथी र चिनजान फरक भए होला। नत्र भने त परिवार भन्दा बाहिरको संसारमा एक्लै न बचत छ न मन खुसी मात्र चलिरहेछ भन्न। घर बुबाले पैसा मागे छैन, आमाले मागे छैन। दिदिबहिनी ले भने छैन नै हो उत्तर। भएर नदिएको हैन त्यो आफुलाइ थाहा छ तर अरुले त भएर नदिएको हो, पैसा लुकाएर राखेछ, बिहेको लागि साचेछ, आफैले कता लगाएछ यहि सोचेका हुन्छन । पैसा बचत छैन न मन खुसी छ। उदास छ मन अनि कसरी म खुसी हुन सक्छु। कहिलेकाही त लाग्छ यो संसारबाट टाढा जाउ न पैसा बचत छ न मन खुसी छ । यहाँ दुनियालाइ कमाएर लुकाएछ भन्नि सोच अझै किन बनाइ राखौ लाग्छ ! अनि फेरि सोच्छु गर्दै जाउ कस्सो नहोला। यो मन खुसी त छैन तर आशै आशामा मनलाई सम्हाल्यो फेरि उहीँ सोच्छ। न खाना खान मन लाग्छ न निन्द्रा गतिलो सँग लाग्छ। मन मा एक किसिमको छरपटी नै छ। कसैसँग बोल्न मन लाग्दैन आफ्नो मान्छे कोहि होला जस्तो नि लाग्दैन । म कसरि भनौ काम गरेर बचत नहुदा म डिप्रेसनमा छु न बचाउन सकेको छु पैसा न पचाउन सकेको छु यो डिप्रेसन ।आफै सँग आफ्नै लडाइ आखिर कहिलेसम्म ?
Leave a Reply