Advertisements
काठमाडौं
स्थानीयले चर्को आलोचना गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एक्सनमा उत्रिएका छन् ।
त्यसको पहिलो निशाना डलर अर्बपति विनोद चौधरी परेका छन् ।
चौधरीको र उनलाई बसन्त चौधरीको लगानी रहेको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन शाहले निर्देशन दिएका छन् । स्थानीयको विरोध पनि बालेनले यते निर्देशन दिएका हुन् ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।
Leave a Reply