पर्वत – देशका विभिन्न ठाउमा बिहादी गाउँपालिकाले पनि धान दिवसको अवसरमा किसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
विहादि गाउँपालिका द्वारा आयोजित प्रथम राष्ट्रिय धान दिवस बिहादी गाउँपालिका वाड न.२ बराचौर रहेको रमणीय फाँट ( सेरा) मा बाजागाजा सहित असारे १५ मनाइएको हो ।
पालिका प्रमुख परविन गुरुङको प्रमुख आतिथ्यमा वडाध्यक्ष गणेश शर्मा पौडेलको नेतृत्व र वाड ४ का वाड अध्यक्ष बिष्णु प्रसाद भुसाल काे विशेष उपस्थिति सहितका कर्मचारी,जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख गुरुङले‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ,यसमा मेरो नेत्रित्वको स्थानीय सरकारको पनि जोड छ, यहाँका किसानले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं, उद्यमशील र आत्मनिर्भर बनाउने लक्ष्य हामीले लिएका छौं,यहाहरुले पनि लिनुपर्छ, उनले भने–यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपत गर्ने र बजारमा निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, पालिका ले के कसरी साथ दिनुपर्ने हो दिन्छ,उनले किसानलाई सीप,मेहनतकाे प्रयोग गरी आत्म निर्भर बनी उत्कृष्ट किसान बन्न आग्रह गरेका छन्।
कार्यक्रमको ब्यबस्थापन बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादिमा रहेको नौनादि कृषक समुहले गरेको थियो ।
Leave a Reply